३० साउन, काठमाडौं । पत्रकार शालिकराम पुडासैनको आत्महत्या प्रकारणको अनुसन्धानको क्रम शुरु भएको छ ।

चितवनको कंगारु होटलमा आत्महत्या गरेका पुडासैनीको आत्महत्याका प्रकरणको अनुसन्धानको लागि अस्मिता कार्कीलाई पक्राउ गरिएको छ । ओखलढुङ्गा घर भएकी कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

बिपी स्मृति अस्पताल, बसुन्धारामा नर्ससमेत रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा आफ्नो मृत्युको प्रमुख दोषी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको बताएका थिए ।