२८ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ ।

बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको हो । उनको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ ।

छ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए । महासङ्घका महासचिव रमेश विष्टले शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको बताएका छन् । रासस