२६ भदौ, डडेल्धुरा । जिल्लाको एक विद्यालयले पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेका छन् । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खाने विद्यार्थीलाई रु १० जरिवाना गर्ने गरेको छ ।

दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खान प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताए । विद्यार्थीले विद्यालय परिसरमा खान रोक लगाएपछि छात्रछात्रा पत्रु खान कमी आएको प्राचार्य साहुले बताए । अहिलेसम्म २ सय विद्यार्थीलाई जरिवाना गरिसकेको उहाँले जानकारी दिए ।

पहिले÷पहिले त नियन्त्रणमा ल्याउन समस्या आयो तर आजभोलि विद्यालय समयमा जङ्गफुड खाने पूर्णरुपमा कमी आउँदै गरेको शुरुमा त साह्रै समस्या देखिएको तर अहिले पत्रु पटकै छोडिएको अवस्था देखिएको कक्षा १० अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताए । रासस