३० भदौ, एजेन्सी । भारतीय क्रिकेट टीमका कोच रवि शास्त्रीले कडा चेतावनी दिएका छन् । वेस्टइंठिडज भ्रमणको जस्तो प्रस्तुती दोहोरिएमा उनी टीममा नरहन सक्ने शास्त्रीको भनाइ छ । उनले वेस्टइंडिज विरुद्धको खेलमा विकेटकिपर र ब्याट्सम्यानको रुपमा खेलेका थिए ।

सिरिजको तेश्रो एकदिवसीय खेलमा उनी पहिलो बलमै आउट भएका थिए । भारतीय कोच रवि शास्त्रीले भने, ‘यो पटक हामीले उसलाई छोडिदिएका छौं, पहिलो बलमा जुन किसिमको शट खेलेर आउन भएको छ त्यो एकदमै लज्जास्पद हो । यसको सजायँ भोग्नको लागि पन्त तयार हुनुपर्छ ।’

एक अन्तर्वार्ताको क्रममा शान्त्रीले भने, ‘क्रिजमा कप्तान रहेको अवस्थामा समझदारीको साथमा खेल्नुपर्ने हुन्छ । उनले आईपीएलका धेरै खेलहरु खेलेका छन् अब उनी जिम्मेवार बनेर आफ्नो क्षमता देखाउनुपर्छ ।’ साथै शास्त्रीले पन्तको प्रशंसा गर्दै उनी क्षमतावान् भएता पनि उनले खेल्ने सटको भने राम्ररी चयन गर्नुपर्ने बताउँछन् ।