एजेन्सी । पपुवा न्यू गिनीमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि सोलोमन आइल्याण्ड नजिकै सुनामीको चेतावनी दिइएको छ । कोकोपो आसपास केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

भूकम्पका कारण पुगेको क्षतिको विवरण आइसकेको छैन । एक वर्षअघि ७ दशमलब ५ रेक्टरकै भूकम्प जाँदा कम्तीमा १ सय २५ जनाको मृत्यु भएको थियो भने ३५ हजार मानिस घरबारविहीन भएका थिए ।