२४ साउन, काठमाडौं । सत्ताको बल प्रयोग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले आफुले ऋण लिँदा राखेको धितोको लिलामी रोक्न बैंकलाई दबाब दिएका छन् ।

नियतबस ऋण नतिरेर सनराईज बैंकको कालोसुचीमा परेको आफ्नो लगानीको मनकामना क्रसर उद्योगका धितो सम्पत्ति जोगाउन उनी लिलामी प्रक्रिया नै रोक्ने कसरतमा लागेका हुन् ।

मन्त्रीपत्नी सरस्वती श्रेष्ठ र सालो शंकरमान श्रेष्ठ उद्योगका सञ्चालक हुन् । डेढबर्षदेखि सावाँ व्याज नतिरेपछि बैंकले उद्योगलाई कालोसुचीमा राखेको छ ।

मकवानपुरको मनहरामा रहेको धितोसम्पत्ति तथा जायजेथा सकार्न गएका बैंक कर्मचारीलाई मन्त्री श्रेष्ठले प्रहरीसहित सरकारी  संयन्त्र लगाएर लखेटेको बैंकको खराब ऋण व्यबस्थापन विभाग प्रमुख दिपक पण्डितले जानकारी दिएको नागरिक दैनिकमा खबर छ ।