१७ मंसिर, काठमाडौं । राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेल (साग) अन्तर्गत महिला भलिबलको फाइनल खेलमा नेपालले पहिलो सेट गुमाएको छ । शुरुवाती समयमा राम्रो खेलेता पनि पछि कम्युनिकेसनको कमीका कारण २५–१७ ले नेपाल पराजित हुन पुग्यो ।

सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइल प्रवेश गरेको थियो । यस्तै भारतले सेमिफाइनलमा माल्दिभ्सको महिला टीमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

त्यसअघि नेपालले समूह चरणमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने भारतसँग ३–० को सोझो सेटमै पराजित भएको थियो । आजको खेल जितेमा नेपालले स्वर्ण हात पार्नेछ भने पराजित भएमा रजतमा चित्त बुझाउनुपर्नेछ ।