पेरिसको आतंकवादी घटना पछि पुरै विश्वमा आतंकवादको नयाँ तरिकाले बहस सुरु भएको छ। फ्रान्स र अमेरिकाले इस्लामिक स्टेट विरुद्ध आक्रमण तेज गरेको छ। फ्रान्समा एक महिलाले आत्मघाती बम विस्फोट गराएको समाचार पनि बाहिर आइसकेको छ। यसै बीच यहाँ चर्चा गरिदैछ, इतिहासमा कहाँ कहाँ आत्मघाती बम बिस्फोट गराइए, कहिले बाट भयो यसको सुरुवात?

first sucide bomb

बुलेट प्रुफ गाडीमा सवार शासक माथी आक्रमण
अलेक्जेन्डर आफ्नो सुरक्षा फौजको साथ बुलेट प्रुफ गाडीमा थिए। नजिकै एक व्यक्तिले सानो विस्फोट गरायो। विस्फोट पश्चाय अलेक्जेन्डर बुलेट प्रुफ गाडीबाट बाहिर निस्के। यहि मौकामा ग्रिनवित्स्कीले एक बम अलेक्जेन्डरको खुट्टामा फ्याँक्यो। ठुलो विस्फोट भयो, अलेक्जेन्डरको पेट, अनुहारमा ठुलो चोट लाग्यो। घटनाको केही घन्टा पछि ६२ वर्षिय रुसी शासक अलेक्जेन्डरको मृत्यु भएको थियो। बम आक्रमण गर्ने घटनास्थलमै मेरको थियो।

आक्रमण गर्नुपुर्व राती ग्रिनवित्स्कीले लेखेका थिए, ‘म मान्छु कि मेरो मृत्यु मेरो कर्तव्य हुनेछ। विश्वको कुनै शक्तिले मलाई रोक्ने छैन। एक रिपोर्टको अनुसार पछिल्लो ३० वर्षमा ३६ देशमा भएको आत्मघाती आक्रमणमा ३० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विश्वका ठुला आत्माघाती आक्रमण

  • अलकायदाले २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण – ३००० मानिसको मृत्यु
  • हिजबुल्लाले २३ अक्टोबर १९८३ मा लेबनानमा अमेरिकी र फ्रान्स सेना विरुद्ध आक्रमण – ३२० जनाकोक मृत्यु
  • अलकायदाले १४ अगस्ट १९८७ मा इराकको याजिदी समुदाय विरुद्ध आक्रमण ५०० मानिसको मृत्यु
  • ७ अगस्ट १९९८ मा अलकायदाले केन्या स्थित अमेरिकी दुतावासमा आक्रमण – २२४ मानिसको मृत्यु
  • १२ अक्टोबर २००२ मा जिमाह इस्लामियाले इन्डोनेशियाको बालीमा आक्रमण – २०२ मानिसको मृत्यु
  • १३ नोभेम्बर २०१५ मा फ्रान्सको राजधानी पेरिसमा आतंककारी आक्रमण -१३० मानिसको मृत्यु