एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जारदारी पक्राउ परेका छन् । पाकिस्तान पिपुल्स पार्टीका उपप्रमुख समेत रहेका जारदारीलाई नेशनल अकाउण्टिबिलिटी ब्युरो (एनएबी) को टोलीले पक्राउ गरेको हो ।

इस्लामावाद उच्च अदालतले सो्मबार सम्पत्ति सुद्धीकरण मुद्दामा जारादारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको अपिल खारेज गरेको थियो । न्यायाधीशद्व आमिर फारुक र मोहसिन अख्तर कियानीको संयुक्त इजलासले उनको अपिल खारेज गर्दै पक्राउ गर्ने आदेश दिएको हो ।

जारदारी र उनकी बहिनी सम्पत्ति सुद्धीकरण मुद्दाका प्रमुख दोषी रहेको बीबीसीले जनाएको छ । उनीहरुमाथि अवैध बैंक खाता राखेकाे र देश बाहिर पैसा पठाएको आराप लागेको छ । जारदारीलाई पक्राउ गरेपछि इस्लामावादस्थित उनको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुरुमा पक्राउ गर्ने टोलीलाई जारदारीको घरमा छिर्न रोक लगाइएको पाकिस्तानी संचारमाध्यामलाई उद्यृत गर्दे बीबीसीले उल्लेख गरको छ । उनको घर छिर्नु अघि एनएबीको टोलीले पाकिस्तान राष्ट्रिय सभाका सभामुखसँग अनुमति लिनुपरेको थियो ।