६ असोज, एजेन्सी।

पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकले भारतले पाकिस्तानविरुद्ध देखाएको ब्यवहारले भारतीय प्रधानमन्त्रीको दिमागको शल्यक्रिया गर्नु पर्ने आवश्यकता देखिएको टिप्पणी गरेका छन् ।

युद्ध भड्किदै: पाकिस्तानमै घुसेर भारतले उरीको जवाफ दियो

रहमान मल्लिकले मोदीमाथि वाक युद्धको घोषणा गर्दै ट्वीटरमा लेखेका छन्, ‘मोदी पाकिस्तान भित्र सैन्य अपरेशनको धम्की दिइरहेका छन् । सत्य त यो हो कि मोदीले आफ्नो संक्रमित मस्तिष्कको सर्जरी गराउन जरुरी छ ।’

rehaman malik

 

त्यस्तै अर्को ट्वीटरमा रहमानले भनेका छन्, ‘भारतका मानिसका लागि यो निक्कै उपयुक्त सहय हो कि उनीहरुले यो क्षेत्रमा हुने भयानक क्षति अघि नै मोदीको स्वास्थ्य जाँच गराउन् । पाकिस्तान र भारतका मानिस शान्ति चाहन्छन् तर पाकिस्तान विरोधी सिन्ड्रोमका कारण मोदी आत्मघाती बन्दैछन् । भारतका माानिसमा मोदीका नीति विरोधी भावना बढिरहेको छ।’

 

उता जम्मु-कश्मिरको उरीमा आफ्नो सेना क्याम्पमा आतंकारी आक्रमणको भारतीय सेनाले बदला लिएको छ। स्पेशल फोर्सको दुई समुहले उरी क्षेत्र नजिक पाकिस्तानी अधिकृत कश्मीर (पिओके) स्थित ३ ट्रेनिङ क्याम्प ध्वस्त गरेको भारतीय मिडियाले जनाएका छन्।

भारतले पाकिस्तानको सीमा क्षेत्रमा ट्याङक पठाउन शुरु गर्‍यो

यो आक्रमणमा करिब २० आतंककारी मारिएको जनाइएको छ। साथै २०० बढी आतंककारी घाइते भएको बताइएको छ। आक्रमणको लागि भारतीय सेनाले हेलिकप्टरको पनि मद्धत लिएको भनिएको छ। पाकिस्तान द्वारा पिओके क्षेत्रमा ‘नो फ्लाई जोन’ घोषित गर्नु पूर्वनै भारतले यो आक्रमण गरेको हो।