४ चैत, एजेन्सी । कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा पनि पहिलो व्यक्तिको मृत्यु भएको छ ।
पाकिस्तानको लाहौरमा आज विहान एक व्यक्तिको मृत्यु भएको हो ।

ति व्यक्ति इरानबाट फर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । इरानबाट फकिएर १४ दिनसम्म क्वारेन्टाइनमा बसेका ति व्यक्तिको मृत्यु भएको हो । पाकिस्तानमा अहिलेसम्म १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २ जना उपचारपछि घर फर्किएका छन् भने अरुको उपचार चलिरहेको छ ।