२५ भदौ, एजेन्सी । पाकिस्तानको कैयौं शहरहरुमा मुहर्रम महिनाका कारण दुधको मूल्यले आकाश छोएको छ । मुहर्रम मुस्लिम समुदायले मनाउने एक पर्व हो ।

पाकिस्तानी मिडियाका अनुसार कराचीको सिंघ प्रान्तको दुधको मूल्य १ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ । सबैभन्दा अच्चमको कुरा के हो भने त्यहाँ पेट्रोल र डिजलको मूल्यभन्दा दुधको मूल्य बढी छ । त्यहाँ पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ र डिजेलको मूल्य ९१ रुपैयाँ छ ।

एक व्यापारीको अनुसार, ‘माग बढेपछि कराचीका कैयौँ शहरी क्षेत्रहरुमा दुधको मूल्य १ सय २० देखि १ सय ४० रुपैयाँ लिटर बिकिरहेको छ । मुहर्रमका कारण शहरको कतिपय स्थानमा स्टल लगाएर दुध, जुस र चिसो पानीहरु बेचिरहेका छन् । यस क्षेत्रमा दुधको माग धेरै भएको कारण मूल्य बढेको हो ।’

अर्का एक व्यापारीका अनुसार, ‘हामी हरेक वर्ष दुधको स्टल लगाउथ्यौं । यसअघि यसरी मूल्य बढेको थाहा थिएन तर यो वर्ष दुधको मूल्य एकदमै बढेको छ ।’ पाकिस्तानी सरकारको मूल्य हेर्न निकायले पनि यसमा वास्ता गरेका छैनन् । खासमा पाकिस्तानमा दुधको आधिकारिक मूल्य प्रतिलिटर ९४ रुपैयाँ छ ।