३० वैशाख, एजेन्सी ।

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्राहारको घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

निर्माणकार्य गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको स्थानीय अधिकारी र संबादतादाले जनाएका छन् ।

बालोचिस्तान प्रदेशका गृह मन्त्री सार्फाज बुग्तीले सडक निर्माणकार्य भइरहेको ठाउँमा काम गरिरहेका बेला कामदार माथि आक्रमण भएको र उनीहरुको मृत्यु भएको पुष्टी गरे। सिश्गान र गान्थ सडकको क्षेत्रमा घटना भएको हो ।

घटनाका पीडितमध्ये सबै जना सिन्ध प्रदेशको छिमेकी जिल्ला नाउसेरो फेरोजका भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

मृतकको शव र घाइतेलाई नजिकैको अस्पतालमा राखिएको छ । आक्रमणकारीले उनीहरुलाई टाउकोमा गोली प्राहार गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कुनै पनि समुहले जिम्मेबारी लिएका छैनन् ।