१ भदौ, एजेन्सी । भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले पाकिस्तानलाई भारतविरुद्ध आतंक फैलाउन बन्द गर्न चेतावनी दिएका छन् ।

“यदि अटेर गरे जस्तोसुकै कदम चाल्न भारत तयार छ”, उनले भने “यदि भारत र पाकिस्तानबीच कुराकानी हुन्छ भने अब पाकिस्तान प्रशासित कश्मिरमै हुन्छ ।” राजनाथ सिंहले केही दिन अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारत बालाकोट एयर स्ट्राइकभन्दा पनि ठूलो आक्रमणका लागि तयार रहेको बताएका थिए । यसको अर्थ भारतले पाकिस्तानमा एयर स्ट्राइक गरेको पाकिस्तानको बुझाइ छ ।

राजनाथले भने, जम्मू कश्मीरको विशेषाधिकार व्यवस्था गरिएको संविधानको धारा ३७० खारेज गर्नुको अर्थ राज्यमा विकास गर्नु हो । पाकिस्तान दुनियाँको ढोका ढक्ढक्याउँदै भारतले गलत गर्यो भनिरहेको छ । पाकिस्तान आतंकववादको समर्थन बन्द नगरेसम्म वार्ताको कुनै औचित्य नभएको उनको तर्क छ ।