२१ जेठ, एजेन्सी ।

पाकिस्तानले भारतबाट हुन सक्ने कुनै पनि आणविक आक्रमणको सामना गर्न आफूले हतियार जुटाइरहेको जानकारी अमेरिकालाई दिएको छ । आफ्नो आणविक कार्यक्रम पनि भारतको आक्रमणबाट देशलाई बचाउनका लागि भएको पाकिस्तानले बताएको छ ।

पाकिस्तानी चर्चित पत्रिका डनका अनुसार अमेरिकाको वासिङटनमा भएको अमेरिका र पाकिस्तानबीचको सेक्युरिटी, स्ट्रेटेजिक एबिलिटी एण्ड नन प्रोलिफिरेशन वर्किङ ग्रुपको मंगलबार सकिएको बैठकमा पाकिस्तानले यस्तो जानकारी दिएको हो ।

pakistan weapons

पाकिस्तानले भारतबाट हुन सक्ने संभावित आणविक आक्रमण रोक्न आफ्नो आणविक कार्यक्रम जारी राख्न चाहेको पनि अमेरिकालाई भनेको छ ।
आणविक अप्रसार सन्धीमा हस्ताक्षर गर्नका लागि भारतबाट आक्रमण नहुने सुनिश्चित अवस्था आउनु पर्ने शर्त पनि पाकिस्तानले अघि सारेको छ ।

गत मार्च महिनामा सार्वजनिक एक रिपोर्टका अनुसार पाकिस्तानसँग भारतसँग भन्दा बढी आणविक बम छन् । पाकिस्तानसँग ११० वटा परमाणु बम छन् जवकी १०० बम मात्र छन् । यद्यपी भारतसँग सैनिक क्षमता भने पाकिस्तानसँग भन्दा बढी छ ।

यो पनि हेर्नुस्

के तेश्रो विश्व युद्ध हुन लागेको हो ? यस्तो छ चीन-रुस र अमेरिकाको तयारी