२३ साउन, एजेन्सी । जम्मू–कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानको सम्बन्धमा चिसोपना आइरहेको छ ।

बुधबार मात्र कुटनीतिक र आर्थिक सम्बन्ध तोड्ने बताएको पाकिस्तानले बिहीबार भारत–पाकिस्तान चल्ने समझौता एक्सप्रेसको रेल सिमानामा ल्याएर रोकेको छ । पाकिस्तानले आफ्नो चालक र रेलका अन्य सदस्यहरुको सुरक्षाको कारण देखाउँदै रेल सिमानासम्म ल्याएर रोकेको हो ।

रेलमा १ सय १० यात्रु रहेको भारतीय मिडियाले लेखेको छ । बाघा सिमानामा रहेका यात्रु ल्याउनको लागि भारतका तर्फबाट चालक र केही अन्य कर्मचारी पठाएको छ ।