६ भदौ, एजेन्सी । पाकिस्तानले जम्मू कश्मीरमा १ सय भन्दा बढी आतंकवादी पठाउन लागेको भारतले दाबी गरेको छ ।

सुरक्षा सुत्रलाई हवाला दिँदै भारतले अबको केही हप्ताभित्रै खुंखार आतंकवादी जम्मू कश्मीरमा पठाउन लागेको दाबी गरेको हो । अफगानिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका १५ जना आतंककारीहरु लाइन आफ कन्ट्रोलबाट जम्मू कश्मीर छिर्ने प्रयन्त गरिरहेको भारतको जिकिर छ ।

तर पाकिस्तानले भने भारतीय संचारमाध्यामले अफवाह फैलाएको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री इमरान खानले भारतले भ्रम फैलाएर विषयलाई अन्यत्रै मोड्न खोजेको आरोप लगाए ।