२४ साउन, काठमाडौं । कश्मीर मुद्दाले आक्रोशित बनेको पाकिस्तानले सम्झौता एक्सप्रेसको रेलसेवा बन्द गरेकोप्रति मुख खोलेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पाकिस्तानको रेल रोक्ने निर्णय दुर्भाग्यपूर्ण भएको बताए । ‘पाकिस्तानका निर्णयहरु हेर्दा उ एकदमै अत्तालिएको जस्तो देखिएको छ,प्रवक्ता रवीशले भने-हामीलाई राम्रोसँग थाहा छ अब हामीले के गर्नुपर्छ ।’ तर उनले भारतले के गर्छ भन्ने खुलाएनन् ।

पाकिस्तानले थार एक्सप्रेसको रेल पनि रोकेको छ । विदेश सचिव रविश कुमारले कश्मीर मुद्दा भारतीय संविधान अन्र्तत आएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीर र लद्दाखको निर्णयबारे प्रष्टिकरण दिइसकेको बताए ।