२८ पुष, एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युण्डको सजाय रद्ध भएको छ । लाहौरको उच्च अदालतले मृत्यु दण्डको सजाय सुनाउने विशेष अदालत नै गैरकानुनी ठहर गरेको बीबीसीले जनाएको छ । मुसर्रफको अपिलमाथि सुनुवाई गर्दै उच्च अदालतको पूर्ण इजलासले आज यस्तो आदेश दिएको हो ।

उच्च अदालतको फैसलामा विशेष अदालतका अरु थुप्रै कारवाहीलाई पनि रद्ध गरेको पत्रकार अब्दुल हकले बताएका छन् । अदालतको यो फैसलासँगै मुसर्रफको सजाय दिने आदेश पनि खारेज भएको छ । गएको डिसेम्बर १७ मा विशेष अदालतले पूर्व राष्ट्रपति मुसर्रफलाई देशद्रोही ठहर गर्दै उनलाई पाकिस्तानको संविधानको आर्टिकल ६ अनुसार मृत्युदण्डको सजाय सुनाएको थियो ।

उच्च अदालतले आफ्नो फैसलामा भनेको छ , विशेष अदलातले कानुनी प्रक्रिया पूरा गरेको छैन, मुसर्रफविरुद्धको मुद्दा दर्ता गर्ने बेला पनि कुनै अधिकारिक निकायको अनुमति नलिएको पाइयाे ।