२१ भदौ, एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको सिमाना (लाइन अफ कन्ट्रोल)एलओसीको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानसहित देशका अन्य नेता तथा सेनाका प्रमुखहरुले सिमानाको भ्रमण गरेका छन् । त्यहाँ कार्यरत सेनाको हौसला बढाउनका लागि प्रधानमन्त्री खान सिमानाको भ्रमण गरेको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

प्रधानमन्त्री खानले सम्बोधनका क्रममा कश्मीरलाई पाकिस्तानको घाँटीको नशा भएको बताएका छन् । बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहेको कश्मीरको भ्रमण गर्दै प्रधानमन्त्री खानले आफ्नो कदमलाई साथ दिन सबैलाई अनुरोध गरेका छन् । भारतले जम्मू–कश्मीरलाई दिएको संविधानको बिशेषाधिकार हटाएपछि पाकिस्तान भारतसँग रुष्ट बन्दै गएको छ ।