१९ भदौ, एजेन्सी । कश्मीरको विषयमा अन्तर्राष्ट्रिय स्तरमा युद्धको चेतावनी दिइरहेको छ । परमाणु युद्धको संकेत गर्दै पाकिस्तानले नियन्त्रण रेखा (एलआईसी)मा २ हजार सेना पठाएको छ ।

सैनिकहरुलाई ब्यारेकबाट एलओसीको ३० किलोमिटरको दायरामा तैनाथ गरिएको छ । यता भारतीय सेना पनि पाकिस्तानी सेना तैनाथ गरेको खबर पाउनेबित्तिकै सबै ब्यारेकबाट एलओसीतर्फ अघि बढिसेका छन् । आतंकवादी समूह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले भर्ति शुरु गरेको अवस्थामा पाकिस्तानले यस्तो कदम चालेको हो । यसअघि पाकिस्तानले आफ्नो बालिस्तानको एयरपोर्टमा आफ्नो जेएफ १७ युद्ध विमान परिचालन गरिसकेको छ ।

भारतले कश्मीर अलग हुने संविधानको अनुच्छेद ३७० खारेज गरेसँगै पाकिस्तान भारतसँग रुष्ट बनेको थियो । उसले दुई देशबीचको कुटनीतिक सम्बन्धलाई पनि साघुँरो बनाएको छ भने उसले भारतसँग सम्पूर्ण ब्यापारिक सम्बन्ध तोड्ने स्पस्ट पारिसकेको थियो । यद्यपि औषधिको आयात भने शुचारु गर्ने बिहीबार निर्णय गरेको छ ।