८ असोज, काठमाडौं । राजधानीको पुरानो बसपार्कमा ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

File-Photo

गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महत्तोले प्रहरीलाई ४ हजार रुपैयाँ घुस दिन खोजेका थिए । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी गर्न खोज्ने महत्तोलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई उक्त रकम दिन खोजेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।