एजेन्सी । मध्य अमेरिकी देश पानामाले ताईवानसँगको सम्पूर्ण राजनीतिक तथा कुटनितिक सम्बन्ध तोडेको छ । पानामाले आफु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताईवानसँगको कुटनितिक सम्बद्ध तोडेको घोषणा गरेको हो ।

पानामाले ताईवानलाईसँगको कुटनितिक सम्बद्ध तोड्दै भनेको छ, ‘अब हाम्रो सम्बन्ध चिनसँग मात्र हुनेछ ।’ यता ताईवानले भने पानामाको निर्णयलाई क्रोध र अफसोचको संज्ञा दिएको छ ।

ताईवानसँग कुटनितिक सम्बन्ध राख्ने अब जम्मा २० मुलुक बाँकी छन् । ताईवानलाई चिनले आफ्नो प्रशासित क्षेत्र भएको दावी गर्दै आएपनि उसले भने आफु स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।