३२ साउन, दैलेख । पानी छोएको निहुमा हँसिया प्रहार गरी कुटपिट गर्ने दैलेख नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले प्रक्राउ गरेको छ ।

tin-ota-gau-ko-yeutai-kuwa
फाइल तस्बिर

उनलाई जातीय विभेद गरेको भन्दै पीडितले दिएको उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बैशाख ११ गते धारामा पानी छोएको भन्दै लक्ष्मी कामीलाई न्यौपानेले कुटपिट गरेको भन्दै पीडितले बैशाख १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जातीय विभेदको मुद्दा दर्ता गरेका थिए ।

आरोपित न्यौपाने सुर्खेतमा आफन्तको घरमा लुकी बसेको सुराकीको आधारमा दैलेखबाट गएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलल बताए । बयान बदल्न जनप्रतिनिधि र नेताले दबाब दिएको भन्दै उक्त घटनाले केही समयअगाडि चर्चा पाएको थियो ।