२ भदौ, एजेन्सी।

रसियाका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा पश्चिमाहरु खास चियोचर्चा र चासो राख्दछन् । अमेरिकाले त पुटिनका स-साना गतिविधी पनि नियालेर हेर्ने गरेको बताइन्छ। पुटिन आफैपनि चर्चामा रहन मनपराउने नेता हुन्।

रसियामा शक्तिमा आए यता उनले कयौं यस्ता क्रियाकलाप गरेका छन् जसलाई देखेर भन्नै पर्ने हुन्छ-पुटिन अरु भन्दा खास र विशेष देखीन चाहन्छन्। यसैलाई बल मिल्ने गरि पुटिनका नयाँ तस्विर सार्वजनिक भएका छन्। उनि यसपटक पानी मुनि स्टन्ट गर्देछन्।

Valdimir Putin under water in submarine (2)

हलउिड चलचित्रमा देखाइनै दृश्यजस्तै लाग्ने गरि पुटिन ब्याक सि समुन्द्र भित्र पसेका थिए। सयौं वर्ष पहिलेको पानीजहाजको अवशेषको खोजी गर्न मिनी सबम्यारिन लिएर पुटिन क्रिमिया नजिकको तटबाट समुन्द्रमा छिरेका थिए ।Valdimir Putin under water in submarine (3)

पुटिनले पानीभित्रैबाट रेडियामा कुरा गर्दै यो खोजीले रसियाको ऐतिहासिक विकासको सार्वजनिक हुने बताएका थिए। बिजन्टाइन शासनको बेलाका पानीजहाजका अवशेषहरु यही वर्ष रसियाले भेटेको थियो।

करिब १ बजार वर्ष पहिलेको पानीजहाजमा माटाका भाँडाकुँडा भेटिएका थिए जसको हाल जाँच हुँदैछ। तर पश्चिमा मिडियाहरुले पुटिनका यी तस्विरहरुलाई ‘केयरफूल्ली कोरियोग्राफ्ड’ भनेका छन्। जानाजान यस्ता तस्विर सार्वजनिक गरेर पुटिनलाई ‘एक्सन म्यान’का रुपमा देखाउन खोजिएको उनीहरुको आरोप छ।Valdimir Putin under water in submarine (1)

रसियामा पुटिनको लोकप्रियता यतिखेर चरम शिखरमा छ। केही समयअघिको सर्वेक्षणमा उनीको लोकप्रियताको स्तर ९० प्रतिशत भन्दा माथि पाइएको थियो। यसका साथै राज्य नियन्त्रित मिडियाहरु उनलाई ‘हिरो’ बनाउन लागिपरेका छन्।

पुटिन यसअघि पनि यस्तै किसिमका ‘एक्सन’ तस्विरहरुमा देखिएका थिए।

Valdimir putin in action (2)

दक्षिणी साइवेरीयामा अर्धनग्न घोडा सवार पुटिन
Valdimir putin in action (1)

ग्याइडरमा उड्न लाग्दै पुटिन
Valdimir putin in action (3)

रसियाको तामन पेनिन्सुलामा पानी मुनी जाँदै पुटिन

Valdimir putin in action (4)

सेतो जर्सीमा हकि खेल्दै रसियाका राष्ट्रपति पुटिन

यो पनि पढ्नुहोस्।

विश्व ध्वस्त गर्न सक्ने ५ हतियार

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार