११ चैत, काठमाडौं । कोचिड १९ अर्थात कोरोना भाइरसबारे भ्रम फैलाएको आरोपमा एक पास्टर पक्राउ परेका छन् ।

क्रिश्चियन धर्मका अनुयायीलाई जम्मा पारेर कोरोना भाइरसले छुँदैन भन्ने भ्रम फैलाउने पास्टर केशवराज आचार्य पक्राउ परेका हुन् । उनी पोखरा महानगरपालिका २९ पावर हाउसमा बस्दै आएका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्स रोग निको बनाइदिने प्रवचन दिनुका साथै यशुका अनुयायीलाई कोरोना भाइरसले नछुने भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएका थिए । आचार्यले क्रिश्चिियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आचार्यलाई धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै मुद्दा चलाउने तयारी भइरहेको छ । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।