४ साउन, काठमाडौं ।

केही दिन अघि पूर्व युवराज पारस साह र उनकी थाइ प्रेमिका भनिएकी कन्निका चाइयर्सनबीच दोहोरी चलेको थियो । तर अहिले भने उनीहरुको जुहारी रोकिएको छ ।

कन्निकाले फेसबुकबाट पारसलाई माइ हज्बेन्ड अर्थात मेरा पति भनेर सम्बोधन गरेपछी उनीहरुबीचको सम्बन्ध नेपाली मिडियामा चर्चामा आएको थियो ।

तर अहिले भने फरक विषयमा पारसकी प्रेमिकाले नेपालीलाई धन्यवाद दिएकी छिन् ।

उनले फेसबुकमा ‘Thank you Nepali to bring my best Art Gallery Golfing Cricket Mathematics Physics and Maybe little Poker 555’ भन्दै स्ट्याटस लेखेकी छिन् ।

Paras Girlfriend thanks to nepali

केही दिन अघि मात्र पारस साहलाई पति भनेर सम्बोधन गर्दै फेसबुकमा फोटो पोष्ट गरेकी कन्निकाले नेपालीहरुसँग क्षमा याचना गरेकी थिइन् । उनले आफूलाई नेपालीहरुसँग चिनजान नहुँदा सम्म पारस र हिमानीको सम्बन्धबारे थाहा नभएको भन्दै उनले नेपालीसाथीहरुसँग कुरा गरेर थाहा पाएको उनको दावी थियो ।