८ असोज, काठमाडौं । राजधानीमा मोटरसाइकल चोर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनहरा नगरपालिका–७ स्थित पार्किङ गरी राखेको बा ७० प ६८८६ नम्बरको मोटरसाइकल चोरी गर्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने १८ वर्षीय सुसन परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा परियारलाई सवारीधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।