एजेन्सी ।

हालै गरिएको एक अध्यनले अधिकाँश मानिसले आफ्नो इमेल देखि सामाजिक सञ्जालका विभिन्न अकाउण्टको पासवर्ड धेरै समय सम्म परिवर्तन नगर्ने देखाएको छ ।

५ जनामा १ जना अर्थात २० प्रतिशत मानिसले १० वर्ष सम्म पनि एउटै पासवर्ड प्रयोग गर्ने अध्यनको निष्कर्ष छ । त्यस्तै कम्तिमा ४७ प्रतिशत मानिसले ५ वर्ष सम्म एउटै पासवर्ड प्रयोग गर्ने गरिएको अध्यनमा पाइयो ।

password change

त्यस्तै मानिसहरुले एउटै पासवर्ड धेरैवटा अकाउण्टमा प्रयोग गर्ने चलन बढी रहेको र यसो गर्दा उनीहरुको एउटा मात्र अकाउण्टमा पहुँच भएपछि ह्याकरहरुले सबै अकाउण्टमा नियन्त्रण कायम गर्ने खतरा रहेको देखिएको छ ।

अमरिकामा गरिएको यो अध्यनका क्रममा अधिकाँश पासवर्ड लिक भएका मानिसहरुले धेरैवर्ष सम्म एउटै पासवर्ड प्रयोग गर्ने र धेरै अकाउण्टमा एउटै पासवर्ड प्रयोग गर्ने गरेको देखियो ।

password 2

ह्याकिङको हल्लापछि भने मानिसहरुले पासवर्ड परिवर्तन गर्ने तर केही समयपछि भुल्ने गरेको समेत अध्यनको निष्कर्ष छ ।

यो पनि हेर्नुस्

सावधान तपाइँको फेसबुक पासवर्डविना नै खुल्न सक्छ

पासवर्ड बनाउँदा नभुल्नुस् यी ४ कुरा