२४ माघ, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिनको पक्षमा उभिएका छन्। अमेरिकी टिभी च्यानल फक्सलाई आईतबार दिएको एक अन्तर्वातामा ट्रम्पले पुटिनको पक्ष लिएका हुन।

अन्तर्वाता दिने क्रममा उनलाई पुटिनसंगको सम्वन्धको बारेमा प्रश्न सोधिएको थियो ।

अन्तरवार्ताको क्रममा सोधिएको प्रश्नमा पुटिनलाई हत्यारा भनेकोमा ट्रम्पले आपत्ति जनाएका थिए ।  ‘तपाई किन हत्यारा पुटिनको समर्थन गर्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा ट्रम्पले भनेका थिए, “हाम्रो देशमा पनि कैयौ हत्यारा छन् । तपाईलाई लाग्छ कि अमेरिका निर्दोष छ?’

पुटिनको सम्मान गर्ने बताउँदै उनले भने, ‘पुटिनको सम्मान गर्नुको मतलव यो होईन कि म उनीसंगै छु ।” साथै उनले रुसबारे धेरै चासो नदिएकै राम्रो हुने बताएका छन्।

अघिल्लो हप्ता दुवै देशका राष्ट्रपतिबिच एक घण्टासम्म फोनवार्ता भएको थियो। आइएसआइएस विरुद्ध ‘आपसी सहयोग’ गर्ने विषयमा दुइ देशका राष्ट्रपति बिच सहमति भएको थियो ।

अमेरिकी राष्ट्रपति चुनावको समयमा पनि ट्रम्पमाथि रुससँग नजिकिएको आरोप लागेको थियो । साथै रुसी गुप्तचर एजेन्सीले ह्याक गरि अमेरिकी चुनाव प्रभावित गरेको बताइने गरेको छ।

पछि राष्ट्रपति ट्रम्पले भने रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए । उनले भनेका थिए, “व्यावसाय र सम्बन्धलाई लिएर ममाथि थुप्रै आरोप लगाईदै छ, जुन सरासर गलत हो । मैले रुससंग केहि डिल गरेको पनि छैन र गर्न पनि चाहन्न ।”

साथै ‘यदि पुटिनले मसंगको सम्बन्ध मन पराउछन भने यो अमेरिकाको लागी खुसीको कुरा हो कुनै कमजोरी होइन’, ट्रम्पले भनेका थिए ।