एजेन्सी । अनुसन्धानकर्ताले पुरुषहरुका लागि गर्भनिरोधक नयाँ प्रविधिको सफल परीक्षण गरेका छन् ।

उनीहरुले बाँदरमा गरेको परीक्षण सफल भएको बीबीसीले जनाएको छ । यो प्रविधिमा एक क्रिमको माध्यामबाट शुक्राणुहरुलाई रोकिने वैज्ञानिकहरुको भनाइ छ । पुरुषको शुक्राणु आउने नलीमा यो क्रिम राखिन्छ ।

यो नयाँ गर्भनिरोधक क्रिम ल्याउने कम्पनीले दुई बर्षको परीक्षण पछि सकारात्मक नतिजा हात लागेको जनाएको छ । आगामी केही बर्षमा यसको प्रयोग पुरुषमा गर्न सकिने भन्दै कम्पनीले त्यसका लागि पर्याप्त आधार तयार हुने अपेक्षा गरेको छ ।

गर्भ नरहोस भन्नका लागि अहिलेसम्म पुरुषले दुई तरिका अपनाइरहेका छन् । पहिलो कण्डम र दोस्रो बन्ध्याकरण । स्थायी बन्ध्याकरण गर्न नचाहनेका लागि भने यो नयाँ प्रविधि उपयुक्त हुने अनुसन्धानकर्ताको विश्वास छ ।