१९ फागुन, एजेन्सी । भारतमा विशेषगरी विवाहपछि महिला र पुरुषहरुले पतिपत्नीबाहेक अन्य सँग शारीरिक सम्बन्ध राख्नुलाई गैरकानुनी मानिन्छ । विवाह भइसकेकी महिलाहरुले अन्य पुरुषसँग सम्बन्ध बनाएको राम्रोसँग हेरिँदैन । तर यसको ठिक उल्टो एक्स्ट्रा मेरिटल डेटिङ एपका अनुसार यो विषयमा भारतीयहरु खुल्दै गएका छन् ।

एक्स्ट्रा मेरिटल डेटिङ एप ग्लीडनको रिसर्चअनुसार ५३ प्रतिशत महिलाहरु श्रीमानभन्दा बाहेकका पुरुषहरुसँग पनि सम्बन्ध बनाउने गरेका छन् । जबकी विवाहभन्दा बाहेक अन्य महिलाहरुसँग सम्बन्ध राख्ने पुरुषहरु ४३ प्रतिशत छ ।

एपका मार्केटिङ निर्देशक सोलेन प्यालेडका अनुसार, ‘रोमान्सको मामलामा भारतीय महिलाको विचार खुल्दै गएको पाइयो । उनीहरुले आफ्नो पारिवारिक सम्बन्धमा कुनैपनि असर नपारी प्रेमसम्बन्धको शुरुवात गरेका छन् ।’ दिल्ली, कोलकत्ता, मुम्बई, चेन्नई, बैंग्लोर, पुणे, अहमदाबाद र हैदराबादका १५ सय मानिसहरु यो अध्ययनमा सहभागी भएका थिए ।

अध्यननमा पुरुषको तुलनामा धेरै महिलाहरुको नियमित रुपमा परपुरुषसँग शारीरिक सम्बन्ध बनाउने गरेको पाइयो । जसमध्ये परपुरुषसँग दैनिक शारीरिक सम्बन्ध राख्ने ४० प्रतिशत महिला र परस्त्रीसँग दैनिक शारीरिक राख्ने पुरुषहरु २६ प्रशिशत भेटिएको थियो । अध्ययनमा ५० प्रतिशत विवाहितले आफ्ना जीवनसाथी बाहेक अन्यसँग पनि शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् ।