२० मंसिर, काठमाडौं । तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा माल्दिभ्स विरुद्ध नेपाल विजयी भएको छ । नेपाल ८४ रनले विजयी भएको हो । नेपालका लागि ललितनारायण राजवंशी र सुशन भारीले समान दुई–दुई विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।

अलराण्डर करण केसीले बिस्फोटक ब्याटिङ गर्दै १६४ रनको चुनौती पाएको माल्दिभ्सले ६ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । टस जितेर फिल्डिङ राजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि करणले १६ बलमै ४० रन प्रहार गरे । उनले चार छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाए । अघिल्लो क्रमका ब्याट्सम्यान खासै नचल्दा करणले सर्वाधिक स्कोर बनाउँदै माल्दिभ्स विरुद्ध नेपालले १६३ रन बनायो ।

टस जितेर ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ३९, कप्तान ज्ञानेन्द्र मल्ल १९, विकेट किपर विनोद भण्डारी १९ र पूर्व कप्तान पारस खड्काले ११ रन जोडे । आरिफ सेखले १७ रन बनाए भने पवन सर्राफले खाता खोल्न सकेनन् । सुशन भारी एक रनमा अविजित रहे ।

श्रीलंकासँग पराजित भएको नेपाल रन रेटको आधारमा तेस्रो स्थानमा छ । तीन खेलबाट समान ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । स्वर्ण पदकका लागि शनिबार बिहान ९ बजे हुने बांग्लादेश बिरुद्धको खेल जित्नैपर्ने हुन्छ ।