काठमाडौं, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय सदस्य एवं पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रचण्डसहित नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल, देव गुरुङलगायत पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन चितवन पुगेका थिए । प्रचण्डले पार्टीको झण्डा ओढाएर पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

पौडेलको हृदयघातका कारण शुक्रबार विहान चितवनको माडी ३ बसन्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । विहान पौन ७ बजे हृदयघात भएपछि पौडेललाई स्थानीय बगौडा अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पौडेलको शुक्रबारै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । ५३ वर्षीय पौडेलका बुबा आमा, श्रीमती र दुई छोरी छन् ।