११ असोज, काठमाडौं । देशको पूर्वी क्षेत्रमा भारी वर्षा भएको छ ।

पछिल्लो ६ घण्टामा झापाको विर्तामोड,मैनाचुली, मोरङको लेटाङ, हरैचा लगायत ईलाम,झापा र मोरङको अधिकांस स्थानमा भारी बर्षा मापन भएको मौसम विज्ञान विभागको जल तथमा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरी सामान्य बदली रहनेछ। देशका पूर्वदेखि पश्चिम सम्मकै केही– केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

यस्तै, राति देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका पूर्वदेखि पश्चिमसम्मकै अधिकांश स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पूर्वदेखि पश्चिम सम्मकै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मेची, विरिङ, निन्दा, मावा रतुवा, लोहन्द्रा, चिसाङखोला, कन्काईको सहायक नदीहरूमा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकोले आइतबारसम्म सर्तकता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।