२७ माघ, काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्यामा घरमा काम गर्दै आएका विशाल चौधरीको संलग्ना देखिएको प्रहरीले जनाएको छ ।

ललितपुर सानेपास्थित सचिव कार्कीको घरमा पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

‘टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा मुना कार्कीलाई उनकै घरको किचेनमा लडेको भेट्टायौँ’, तामाङले भने, ‘उनीमाथि आक्रमणमा संलग्न कामदार विशाल चौधरीले घरमै झुण्डिएर आत्महत्या गरेछन् । उनको शव कार्कीकै घरभित्रको कोठामा भेटिएको छ।’

घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएकोमा केहीेबेरअघि उनको पनि मृत्यु भइसकेको छ । डिएसपी तामाङका अनुसार चौधरीले कार्कीमाथि आक्रमण गर्नुको कारण खुलिसकेको छैन।

‘झुण्डिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको छ’, तामाङले भने, ‘कार्कीमाथि आक्रमण गर्न प्रयोग गरिएको पिर्का र प्लाष्टिकको कुर्सीको टुक्रा पनि किचेनभरी छरिएको पायौँ ।’

प्रहरीले यस आक्रमणबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ। ‘प्रारम्भिक अनुसन्धानमा विशालकै संलग्नता देखियो’, तामाङले भने, ‘थप अनुसन्धान भइरहेकाले यसको कारण र पृष्ठभूमिको खोजी गरिरहेका छौँख।’

कार्कीका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दुवै छोरी अध्ययानका लागि विदेशमा छन्। १२ वर्षीय छोरा काठमाडौंमै अध्ययनरत छन्।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरढज्ञण्छठ