१५ फागुन, काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार दुर्घटना भएको छ ।

महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पीकअप भ्यानसँग ठोक्किएको हो । मैनालीको अहिले जनसेवा अस्पताल बर्दिवासमा दुर्घटना भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

उनका अनुसार मैनालीको अवस्था मध्यम छ । उनलाई सामान्य उपचार गरि काठमाडौं पठाउने तयारी भइरहेको छ ।