२ भदौ, एजेन्सी । भारतको बिहार राज्यका पूर्व–मुख्यमन्त्री जग्गनाथ मिश्रको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ८२ वर्षीय मिश्रको दिल्लीको एक अस्पतालमा निधन भएको बीबीसीले जनाएकाे छ ।

बिहारको तीनपटकसम्म मुख्यमन्त्री बनिसकेका मिश्र बिहारमा कांग्रेसको अन्तिम मुख्यमन्त्री हुन् । उनी संघीय सरकारमा समेत मन्त्री भइसकेका थिए । उनी बिहार युनिभर्सिटीको अर्थशास्त्रका प्रोफेसर पनि थिए ।

मिश्र बहुचर्चित चारा घोटाला काण्डका आरोपी समेत थिए । तर, पछि उनलाई उच्च अदालतले रिहा गरेको थियो । उनको निधनमा भारतका कैयौँ नेताहरुले शोक व्यक्त गरेका छन् ।