२८ साउन, काठमाडौं । कलंकी चोकमा रहेको कम्प्युटर सोलुसन पसलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर थाहा नगरपालिका–१२ घर भएका ३६ वर्षीय रुप चन्द्र गोपालीलाई चोरी भएका कम्प्युटरहरु सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोपालीले आफ्नै पसलमा कास्कीबाट बिभिन्न समयमा चोरी भएका कम्प्युटरहरु लुकाई छिपाई राखेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

प्रहरीले गोपालीको पसलबाट बिभिन्न मोडलका ५ थान सिपियु, १७ थान डेस्कटप र २ थान ल्यापटप फेला पारेको हाे ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।