९ फागुन, काठमाडौं । पोखरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

छोरेपाटनमा ग २ च ५५६३ नम्बरको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । कार अनियन्त्रित भइ पल्टिँदा एक महिलाको मृत्यु भएको हो । 

दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ भने थप अनुुसन्धान पनि जारी छ । कारमा पाँच यात्रु सवार भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।