पोखरा, ५ चैत । दिनप्रतिदिन असुरक्षित बन्दै गएको पोखराको आकाशमा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

मंगलबार पोखरा महानगरपालिका १८ स्थित सराङकोट डाँडाबाट उडेर फेवाताल किनार ल्याण्ड गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना भएको हो । दुर्घटनामा चिनियाँ पाइलटट एल्स क्रियन र चिनियाँ मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी प्रवक्ता गोबिन्द पुरीका अनुसार घाइते दुवैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । पोखरामा पछिल्लो केही दिन यता लगातारजसो प्याराग्लाइडिङ दुर्घटना हुने गरेको छ ।