९ मंसिर, पोखरा । पोखरामा आज विहानै बम विष्फोट भएको छ । पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बम बिष्फोटका घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतिग्रस्त भएको छ । 

घटनामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।