२३ साउन, चितवन । पृथ्वी राजमार्गको चुम्लिङटारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङको भुजुङ गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख ७९५६ नम्बरको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भयो । प्रहरीले माइक्रो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।