१२ पुस, काठमाडौं । शनिबार सम्पन्न पोखरा प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटमा तीनजना खेलाडीले टिभीएसको मोटरसाइकल पाएका छन् । उत्कष्ट बलिङ, उत्कृष्ट ब्याटिङ र प्लेयर अफ द सिरिजले एक–एक थान मोटरसाइकल हात पारेका हुन् ।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका चितवनका करण केसी बेष्ट बलर घोषित हुँदै एक थान मोटरसाइकल प्राप्त गरे । बेष्ट ब्याट्सम्यानको उपाधि काठमाण्डौका कप्तान ज्ञानेन्द्र मल्लले हात पारे भने म्यान अफ दी सिरिज यूएईका रोहन मुस्तफाको पोल्टामा पुग्यो ।

धनगढी ब्लुजका अनिल खरेल इमर्जिङ खेलाडी बनेका छन् । इमर्जिङ खेलाडी घोषित भएबापत् उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरेका छन् । विराटनगरका लोकेश बमले मोष्ट भ्यालुएबल खेलाडी बन्दै एक लाख रुपैयाँ प्राप्त गरे ।