१४ चैत, कपिलवस्तु । सामुदायिक माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बाललको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–८ बेलौहा बस्ने कमरेश धुनियाँ मुसलमानको १२ वर्षीय छोरा सलमान धुनियाँ मुसलमान र १० वर्षीय अरमान धुनियाँ मुसलमान रहेका छन् ।

उनीहरुको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो । दुई छोराहरुको मृत्युपछि कमरेशको आँखामा आँशु रोकिएको छैन भने श्रीमती बेहोस भएकी छन् ।

उद्धार गरी दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाएपनि दुवै जनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।