२६ मंसिर, दाङ । दाङका ४ स्थानीय तहमा लसुन र प्याज मिसन कार्यक्रम सुरु हुने भएको छ ।
कृषि ज्ञान केन्द्रको समन्वयमा दाङको बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका १२ मा मिसन कार्यक्रम सुरु हुने भएको हो ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत् किसानलाई आत्मनिर्भर बनाउन मिशन कार्यक्रम सुरु हुने कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । ३ बर्षसम्म सञ्चालन हुने कार्यक्रममा डेढ बिगाहादेखि १५ बिगाहा क्षेत्रफलमा खेती गर्नुुपर्ने छ । कार्यक्रम सञ्चालनका लागि ५० लाख बजेट प्राप्त भएको केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए ।