३ मंसिर, काठमाडौं ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खवरले पाए पछि निर्वमान समामुख ओनसरी घर्तीमगर र माओवादी केन्द्रका नेता वर्षमान पुनमगर रोल्पाबाट काठमाण्डौँ हिडेका छन । उनिहरु हेलिकप्टरबाट बिहान ११ बजे काठमाण्डौका लागि हिडेका हुन ।

चुनावी प्रचार–प्रचारको क्रममा रोल्पा रहेका समयमा दाहालको निधनको खवर पाएपछि श्रद्धाञ्जली दिनका लागि विहान काठमाण्डौँ हिडेका हुन । सभामुख ओनसरी घर्तीमगरले प्रकाश दाहालको निधनले आफूलाई निकै शोकाकुल बनाएको बताएकी छिन । ‘नेपाली परिवर्तनको आन्दोलनमा प्रकाशको भूमिका महत्पवूर्ण रहेको बताउँदै नेपाली राजनीतिमा प्रकाशको भूमिकाले देशको आमूल परिवर्तनको आन्दोलन र पूर्व प्रधानमन्त्रीलाई प्रचण्डलाई नजिकबाट सहयोग गरेको’ टिप्पणी गरिन ।

यस्तै माओवादी केन्द्रका नेता वर्षमान पुनमगरले पार्टीका नेता तथा अध्यक्षको पुत्र प्रकाशको निधनले सिंगो मुक्तिको आन्दोलनमा क्षति भएको बताउदै काठमाण्डौँ गएर श्रद्धाञ्जली व्यक्त गर्न तथा मृत्युको यतार्थ जानकारी लिने पुनले बताए ।

सभामुख घर्तीमगर र माओवादी नेता पुनमगर आज काठमाण्डाँै पुगेर श्रद्धाञ्जली दिएर भोली फेरी रोल्पा फर्किएर चुनावी अभियानलाई तीव्रता दिने कार्यक्रम रहेको छ । साथै पुनमगरले माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनमा एक दिन चुनावी अभियानलाई रोकेर शोक मनाउने बताएका छन । उनिहरु संगै उपराष्ट्रपति पुत्र अखिल क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनमगर पनि फर्केका छन ।