काठमाडौं । ‘कार्टुन्ज क्रु’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

स्मीता दाहालको नयाँ गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्मा देखिएका हुन्। ‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिङ गरेका हुन् । सार्वजनिक भिडियो सेट लगाएर खिचिएको हो । हेरौँं गीतको भिडियोः