११ पुस, काठमाडौं ।

तपाइँलाई थाहै छ । केही दिन अघि सार्वजनिक सम्पति विवरणमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बैंक खाता र खर्चको फाँटवारी केही पनि सार्वजनिक गरेका छैनन् ।

किराँती र रायमाझीले दिए प्रचण्डलाई पार्टी छोड्ने धम्की

करोडौं सम्पति भएको भनेर आलोचनामा परिरहने प्रचण्डले आफ्नो सम्पति विवरणमा केवल १ कट्ठा जमिन र ३ तोला सुन देखाएपछि उनको ब्यङग्य भैरहेको छ ।

prachanda-sampati

प्रचण्डको तलव कहाँ जान्छ ?

सबैलाई थाहा छ प्रचण्ड प्रधानमन्त्रीकोरुपमा ठुलै परिमाणको तलव बुझ‍्छन् । तर उनले तलव बुझ्ने बैंक खाताबारे भने प्रधानमन्त्रीको कार्यालयले कुनै विवरण सार्वजनिक गरेको छैन । मन्त्रीपरिषदले बनाएको नियमावली विपरित प्रधानमन्त्री बनेको ४ महिना वित्दा सम्म सम्पति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका प्रचण्डले सार्वजनिक गरेको सम्पतिले धेरैलाई चित्त बुझाउन सकेको छैन ।

prachanda

सिंहदरवार भित्रका कुनै पनि सरकारी सेवामा कार्यरत कर्मचारी, व्यवस्थापिका संसदका सदस्य तथा मन्त्रीपरीषदका सदस्यहरुले अनिवार्यरुपमा एभरेष्ट बैकमा खाता खोल्नुपर्ने र सोही खातामार्फत मात्र तलव सुविधा बुझ्ने ब्यवस्था छ । तर प्रधानमन्त्री प्रचण्डले यो नियम पालना गरेका छैनन् ।

सचिवालयका एक सदस्यले बुझ्छन् प्रचण्डको तलव
प्रधानमन्त्री कार्यायलयका अनुसार प्रधानमन्त्री प्रचण्डको तलव बैंक खातामा जाँदैन । प्रचण्डको सचिवालयका एक सदस्यले उनको तलव बुझ्ने गरेका छन् । बैंक खातामा जानु पर्ने प्रधानमन्त्रीको तलव बुझ्ने सचिवालयका ती सदस्य को हु्न् भन्ने चाँहि खुल्न सकेको छैन ।

prachanda with prakash

प्रचण्डको सचिवालयमा उनकै पुत्र प्रकाश दाहाल, भाइ नारायण दाहाल लगायतका परिवारका सदस्य समेत छन् । प्रचण्डको तलव यी २ पात्र मध्ये एकले बुझ्ने अनुमान गर्न सकिएपनि खासमा कसले बुझ्छ यकिन गर्न सकिएन ।

सहयोगीहरुले सम्बन्धमा फाटो नल्याइदिए डा. भट्टराईसँग पुनः एकता: प्रचण्ड