३१ जेठ, काठमाडौं ।

एमाआवादी अध्यक्ष प्रचण्डलाई हत्या गर्ने चेतावनी दिएको जातियताको मुद्दा उठाउंदै आएका आङकाजी शेर्पालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले प्रचण्डको हत्या गर्ने चेतावनी दिएको विषयम गृह मन्त्रालयको ध्यानाकर्ष भएको बताए । उनले भने,‘यस विषयमा प्रहरीलाई बुझ्न मन्त्रालयले निर्देशन दिएको छ ।’

ang kaji- prachanda

शेर्पाले प्रचण्ड जीवित रहनु १३ हजार सहिदको अपमान भएको विषयमा आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै १३ हजार नेपाली जनताको हत्यारा प्रचण्ड उपस्थिति बैठक तथा समारोहमा पूर्व जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुल लिएर जान सक्ने राजनीतिक विश्लेषणको चेतावनी दिएका थिए ।

Ang Kaji Sherpa Facebook Status

शेर्पाले राजनीतिक विश्लेषणको हवला दिदै सम्पूर्ण परिवर्तनका एजेण्डाहरुलाई र पहिलो संविधानसभामा प्रधामन्त्री पदसंग र दोस्रो सविधानसभामा राष्ट्रपति पदसंग साटेर खाने १३ हजार नेपाली जनताका हत्यारा २१औ शताब्दीका अति ब्रम्माणवादी आत्मसर्मपणवादी धोकेबाज प्रचण्ड र गछेदार उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ति सेना तथा मधेसी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने बताएका छन् ।

Prachanda relax mood

उनले आफ्नो फेसबुट स्टाटरमा १३ हजार वीर शहिदहरुको सपना अधुरो र अपुरो छाडेर प्रचण्डको मात्र सपना साकार पार्न १० बर्ष जनयुद्ध र २०६२÷६३ जन आन्दोलन भएको होईन,गद्दार नेताहरुलाई हत्या गरेर दण्डित गर्ने विश्व राजनीतिक इतिहास नेपालमा पनि चाडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दावी छ ।’ आङकाजीको स्टाटसको विषयलाई लिएर गृह मन्त्रालयले ध्यानाकर्ष भएको जनाएको छ ।

यस अघि प्रचण्डका छोराले आङकाजीको स्ट्याटसमाथि  कडा प्रतिक्रिया दिएका थिए ।